Rule 27
इजाजतको लागि निवेदन दिनु पर्ने
(१) श्रमिक आपूर्ति गर्नको लागि इजाजतपत्र लिन चाहने कम्पनीले सम्बन्धित क्षेत्रको कार्यालय समक्ष र एकभन्दा बढी कार्यालय रहेको क्षेत्रको हकमा विभाग समक्ष अनुसूची-७ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा निवेदन साथ देहायका कागजात, विवरण संलग्न गर्नु पर्नेछः˗
(क) कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
(ख) कम्पनीको प्रबन्ध पत्र र नियमावलीको प्रमाणित प्रतिलिपि,
(ग) स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
(घ) प्रचलित कानून बमोजिम नेपाल सरकारलार्इ तिर्नु बुझाउनु पर्ने कर वा राजश्व चुक्ता गरेको निस्सा,
(ङ) कम्पनीका सञ्चालकहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
(च) कुन काम वा सेवाको लागि श्रमिक आपूर्ति गर्न चाहेको हो सोको विवरण,
(छ) विभाग वा कार्यालयले तोकेका अन्य आवश्यक कागजात, विवरण ।